![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhmzDbXbJCOBDnBGQkiS80WLgPUwy3ekK1PKs1qynCh7MkDHZj6jv9wO9twbzJ-1RtWJ-QhEx7cqeEPnFJY9tYsthx3spRYlDwc3B0pH2-1zBO30GwqpwMnG5LiCwjOGoh9NDI1t07SqLY/s1600/581372_283456941760539_565223943_n.jpg)
१. जगिङ - नियमित रुपमा दौडनु वा हिड्नु स्वास्थ्यका लागि फलदायक हुने विभिन्न अध्ययनले देखाएका छन् । अनुसन्धानकर्ताहरुका अनुसार हप्तामा १ घण्टासम्म मात्र पनि जगिङ गरेमा ६ वर्षले आयु बढ्छ । जगिङले बहुआयामिक स्वास्थ्य लाभ दिने शोधकर्ताहरुको दाबी छ । यसले रगतले अक्सिजन लिने दरमा वृद्धि गर्नुका साथै रक्तचाप सन्तुलन गर्न सघाउ पूराउँछ । जगिङ होस् वा अरु कुनै शारीरिक क्रियाकलाप त्यसले मुटुलाई सक्रिय तथा ससक्त बनाउने र रगत पम्प गर्ने प्रक्रियालाई सहज बनाउने हुनाले रक्तनलीहरुमा दबाब कम पर्छ । यसका कारण रक्तचाप स्वतः सन्तुलित बन्दछ ।
२. पर्याप्त मही खानुहोस् - उच्च रक्तचापका रोगीलाई महीको सेवन निकै लाभदायी हुने मात्र होइन स्वस्थ व्यक्तिले नियमित मही खाँदा यसले रक्तचाप बढि हुने जोखिम पनि घटाउँछ । अध्ययन अनुसार दिनको एक कप मही खाने हो भने उच्च रक्तचापको जोखिम एक तिहाइले घट्छ । महीमा पाइने क्याल्सियमले रक्तनलीलाई बलियो तथा लचकदार बनाउने हुँदा रक्तनलीको सहज फैलावटकाका कारण दबाब कम भई रक्तचाप नियन्त्रित हुन्छ ।
३. केरा खानुहोस्- केरामा प्रसस्त पोटासियम लवण पाइन्छ । केराजस्ता पोटासियमले भरिपूर्ण फलफूलको सेवनका साथै नूनको कम सेवनले रक्तचाप बढ्ने जोखिम घटाउँछ । पोटासियमले सरीरमा तरल पदार्थको सन्तुलनलाई कायम राख्दछ जसका कारण रक्तचाप नियन्त्रित हुन्छ । विज्ञहरुले रक्तचापलाई सन्तुलनमा राख्नका लागि दिनमा ५ वटा सम्म केरा खान सुझाव दिन्छन् ।
४. नूनको खपत घटाउनुहोस्- नून बढि खाँदा स्वतः रक्तचाप बढ्दछ । रगतमा नून घोलिने भएकाले रक्तनलीमा रगतको मात्रा तथा चाप बढ्न जान्छ । केवल बढि चर्को तरकारी नखाने मात्र होइन नून बढि हुने विभिन्न खाले फास्टफूडको सेवन पनि कम गर्नुपर्छ ।
५.वजन नियन्त्रण गर्नुहोस्- मोटोपन रोगको घर हो भन्ने उखानै छ । मोटोपनाले उच्च रक्तचाप लगायत विभिन्न खाले हृदयरोगको जोखिम बढाउँछ । शोधकर्ताहरुका अनुसार केही किलो मोटोपना घटाउँदा मात्र पनि रक्तचाप उल्लेखनीय मात्रामा कमी आउँछ ।
६.धूमपान नगर्नुहोस्- धुम्रपान उच्च रक्तचापको मुख्य कारक तत्व हो । चुरोटमा भएको निकोटिनले सरीरका ग्रन्थीलाई उत्प्रेरित गर्छ जसका कारण एडि्रनलिन हर्मोनको उत्पादन बढ्दछ । यो हर्मोनका कारण मुटुको धड्कन तिब्र बन्दै जान्छ जसका कारण रक्तनलीमा दबाब बढ्दा रक्तचाप पनि बढ्दछ ।
७. काम घटाउनुहोस्- अत्यधिक व्यस्त जिवनशैली तथा कामको धपेडी उच्च रक्तचापको एक मुख्य कारण बनेको छ । एक अध्ययन अनुसार निरन्तर हप्तामा ४० घण्टा काम गर्दा सरीरको रक्तचाप १४ प्रतिशतले बढ्दछ । ओभरटाइम काम गर्ने बानीले रक्तचाप अझै बढ्ने अध्ययनको निष्कर्ष रहेको छ । हप्तामा ४० घण्टाभन्दा कम काम गर्नेमा भन्दा ५१ घण्टा बढि काम गर्नेमा उच्च रक्तचापको जोखिम २९ प्रतिशत बढि पाइएको छ ।
८. घुर्ने बानी छ ? सचेत हुनुहोस् - यदि तपाइँमा सुतेको बेला घुर्ने बानी छ भने होसियार हुनुहोस्, तपाइँलाई उच्च रक्तचापको समस्या हुनसक्छ । त्यसैले आफ्नो रक्तचाप परीक्षण गरी सावधानीका उपाय अपनाइहाल्नुहोस् । पर्याप्त निद्रा सुत्नुहोस् ।
९. कफी कम खानुहोस्- बढि कफी तथा कफिजन्य पदार्थ खाँदा त्यसले रक्तचाप बढाउने अनुसन्धानकर्ताहरु बताउँछन् । दैनिक ५०० मिलिग्राम -तिन कप) कफी खाँदा कालान्तरमा रक्तचाप ३ प्वाइन्टले बढ्ने शोधकर्ताहरु बताउँछन् । कफीमा हुने क्याफाइन तत्वले रक्तनलीलाई दहि्रलो बनाउने र त्यसले रक्तचाप बढाउने बताइन्छ ।
१०. गाजरको जुस- नियमित रुपमा गाजर, गान्टेमूला तथा लौकाको जुस खानु रक्तचाप सन्तुलनका लागि उपयोगी हुन्छ ।